पठानले २३ दिनमा विश्वभरीबाट कति कमायो त ?

५ फाल्गुन २०७९, शुक्रबार ११:५१

बलिउड चलचित्र “पठान” ले प्रदर्शन भएको २३ दिनमा ९७५ करोड पार गरेको छ ।

बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम अभिनीत फिल्म पठान डे २३ को बक्स अफिस कलेक्शन गरेको हो । यसअघि केजी एफ २ ले विश्व भरीबाट १२०० करोड, आर आर आरले विश्वभरीबाट ११ं०० करोड र दगंलले विश्वभरीबाट २०२४ करोड कमाएको थियो ।

अहिले सबैभन्दा धेरै कमाउने भारतीय चलचित्रमा पठान पाँचौं र हिन्दी १०० करोड क्लबको सूचीमा दोस्रो स्थानमा रहेको छ।