बिहीबार दिउँसो २ बजेपछि नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।
भण्डारी र उनकी आमा बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदागम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।
स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।
बिहीबार विहान कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको भने निधन भइसकेको छ ।
