इतिहासमा नभएको भूल रबिलाई गृहमन्त्री बनाएर भयो : सांसद सुशीला थिङ

३ फाल्गुन २०७९, बुधबार १२:३६

नेपाली कांग्रेसकी सांसद सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनागरिक रहेको अवस्थामा गृहमन्त्री बनाएर नेपालको शिर निहुर्‍याउने काम भएको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थिङले इतिहासमा नभएको भूल लामिछानेलाई गृहमन्त्री बनाएर गरिएको बताइन् ।

प्रतिनिधिसभाको बैठकमा सिन्धुलीबाट प्रतिनिधिसभा सदस्य सांसद थिङले भनिन्, ‘म त्यस्तो जिल्लाको प्रतिनिधिसभाको सदस्य भएर आएको छु‚ जो ब्रिटिस सेनाको अगाडि झुकेन । सिन्धुलीगढीको तर्फबाट प्रतिनिधिसभाको सदस्य छु । यस गरिमामय सदनमा नेपाली इतिहासमा नभएको भुल भएको छ ।अनागरिक व्यक्तिलाई गृहमन्त्री बनमाएर पहिलोचोटि नेपालको यस गरिमामय सदनमा शिर निहुर्‍याउने काम भएको छ ।’