नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताएका छ ।
पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमालेबाट सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको अबस्थामा अब राष्ट्रपति पनि एमालेकै बनाउन नहुँनेमा जोड दिए । उनले अहिलेको सत्ता गठबन्धनको आलोचना गर्दै यो गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको उनको भनाई छ ।
देशको राजनीति अहिले तरल भएको भन्दै उनले कल्पना गरेभन्दा फरक हिसाबले चलिरहेको बताएका छन् । मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको उनको टिप्पणी छ ।
