आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो ।
नामिबियाका लागि माइकल भान लिङ्गेनले सर्वाधिक १ सय ३३ रन बनाए । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए । बलिङतर्फ नेपालका करन केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १ र १ विकेट लिए ।
