नेपालले पहिलो चरणमा २२ टनभन्दा बढी राहत सामग्री पठायो

१ फाल्गुन २०७९, सोमबार १५:०६

सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ ।

गत फेब्रुअरी ६ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत र पुनः स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो सो राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि फेब्रुअरी ८ मा परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले टर्कीका समकक्षी एचई मिस्टरसँग टेलिफोन वार्ता गरेका गरेकी थिइन् । सो क्रममा उनले टर्कीको दुःखमा नेपाल सँधै रहेको बताउँदै सम्भव भएसम्मको सहयोग गर्न नेपाल तयार रहेको बताएकी थिइन् ।