माओवादी केन्द्रबाट अलग भइन् विमला

१ फाल्गुन २०७९, सोमबार १३:३९

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्रबाट अलग्गिने घोषणा गरेकी छन्। उनले माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन्।

शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकार ढाल्न माओवादीसँग मिलेर सहयोग गरेकी वलीले पार्टीले वेवास्ता गरेको भन्दै राजीनामा दिएकी हुन्।