नेपाल-भारत सचिवस्तरीय बैठक सुरु: सिमा, पर्यटन लगायतका बिषयमा छलफल हुने

१ फाल्गुन २०७९, सोमबार १३:०८

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन नेपाल आइपुगेसंगै नेपाल भारत सचिवस्तरीय संयन्त्रको बैठक आज काठमाडौंमा बस्दैछ । संयन्त्रको बैठकमा सिमा सबन्ध, बातावरण, पर्यटन, यातायात कनेक्टिभिटी, उर्जा, ब्यापार कृषि, स्वास्थ्य संस्कृति लगायत द्धिपक्षिय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन ।

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् । विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।