इजिप्टकी राजदूत एल्गेबालीसंग प्रधानमन्त्री प्रचण्डले गरे यस्तो छलफल

२९ माघ २०७९, आईतवार १६:१६

नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

एल्गेबालीले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयलका अनुसार भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको हो।