राष्ट्रपतिका विषयमा गठबन्धन भित्र विवाद नरहेको लिङ्देनकाे तर्क

२९ माघ २०७९, आईतवार १३:१६

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनमा राष्ट्रपति उम्मेदवारबारे विवाद नरहेको बताएका छन् ।

भावी राष्ट्रपतिका विषयमा सत्ता गठबन्धन दलबीच विवाद नरहेको उनको तर्क छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको बताएका हुन् ।