नेपालमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूमा देखिएका आत्महत्या गर्ने प्रवृत्तिप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
करिब डेढ दशकको अवधिमा वैदेशिक रोजगारीका क्रममा झन्डै साढे दश हजार जनाभन्दा बढी श्रमिकले ज्यान गुमाएको सरकारी प्रतिवेदनमा उल्लेख गरिएकाे छ।
त्यसमध्ये करिब १२.७५ प्रतिशतको मृत्यु आत्महत्याका कारण भएको तथ्याङ्क छ। सरकारी अधिकारीहरूले आफूहरूले गन्तव्य देशका सरकारहरूलाई श्रमिकको सुरक्षामा ध्यान दिन बारम्बार ध्यानाकर्षण गराइरहेको भए पनि अपेक्षा गरेअनुसार परिणाम प्राप्त नभइसकेको बताउँछन्।
यस्ताे छ तथ्याङ्क

