काँग्रेस, र कम्युनिष्टले देश बर्बाद पारेको अभिव्यक्ति दिदै राष्ट्र राष्ट्रियता, धर्म सस्कृति र जनता बचाऊ अभियानका अभियानता श्याम पाण्डेले रबि, लिङ्देन र दुर्गा प्रसाई एक हुनुपर्नेमा जोड दिएका छन्। यस अभियानका संयोजक दुर्गा प्रसाईले पार्टी होइन पहिला देश बचाऊ नीति लिएको हुनाले आफु पनि जोडिएको बताउदै अन्य दलका नेता केपी, सेर बहादुर, प्रचण्ड, रबि लगाएतका नेतालाई जोडिन आग्रह गरेका छन्।
यो कार्यक्रम आगामी फाल्गुन १ देखि मेचीदेखि महाकालीसम्म सुरु हुने छ जसमा दुर्गा प्रसाई लगाएतका नेताले भाषण दिने छन् । जुन कार्यक्रमका लागि जनतालाई राहात हुनेगरी बैंक कर्जा, ब्यापारीका मुद्धा, वर्तमान देशको स्थिति, धर्म सस्कृति, रोजगारीका अवसर निर्माण लगायतका विभिन्न issueका बारेमा नीति निर्माण गरिएको छ जुन कार्यक्रममा पूर्व राजालाई पनि निमन्त्रणा गरिनेभएको छ ।
“मैले कुनैपनि पार्टी छोडेको छैन, मैले नीति, विचार मात्त्र नभएर त्यसको कार्यन्वयन गरेको नगरेको हेर्नुपर्छ। मेनुमा त सबैका एजेण्डा छन् तर ति एजेण्डा का हराए त ? अब हामी बुकमा भएका एजेण्डा हेर्दैनौ, नेपालमा जनता आगोले जलेर आत्मदाह गरिरहेको अवस्था छ जनतालाई कसरि बचाउने , आर्थिक सुधारमा कस्तो नीति ल्याउने, लाखौ ब्यापारी बैंक क्राइसेस् को कारण सुसाइडसम्मको बाटो अगाल्ने अवस्था छ। त्यसको चिन्ता कसैलाई पनि छैन, उनीहरुलाई कसरि सरकारमा जाने, कसरि प्रधानमन्त्री, रास्ट्रपति, गृहमन्त्री बचाउने बाहेक अरु कुनै चिन्तन छैन यस्तो घृणित राजनीति मलाई गर्नु छैन। यो १०० को speed मा हिड्ने समय हो हामी १० को speed मा हिड्ने अवस्था छैन। ३२ वर्षसम्म राजनीति हेर्दा हेर्दै यस्तो भयो देश अब हामी धक्का लाउन खोजिरहेका छौ देश फसिरहेको छ, अब हामीलाई result चाहिएको हो। सरकारको नीतिमा त उद्योगीलाई फस्टाउने नीति हुनुपर्यो नि, जस्तै मैले बैंकबाट पैसा ल्याउछु भने मलाई यति जनालाई रोजगारी सिर्जना वा दिनुपर्ने नीति हुनुपर्छ ।” उनले भने,
त्यस्तै “अन्य देशमा ३% रेट ब्याज छ भने नेपालमा १५% तिरेर भारतबाट आयात गरेर व्यापार गर्नुपर्ने अनि विदेशको मार्केट, समानसंग प्रतिस्पर्धा सकिन्छ ? यहाँ जनतालाई मार्ने काम भैरहेको छ। जो जसले दुर्गा प्रसाइलाइ माफिया भनेपनि, बिदेशबाट लाश ल्यादिनी, कसैलाई उपचार गर्ने, कसैलाई कपडा बाड्नेमा माफिया अनि अरु भने कसैका १० गिर्ल्फ्रेण्ड, कोहि माइती घरमा गाडी ठोक्ने, कसैका जग्गामा किर्ते कारोबार यिनी भन्दा त माफिया नै ठिक, प्रसाईले चाहनुहुन्छ कि बैंकसंग जति agreement हुन्छ त्यति मात्त्र ब्याज हुनुपर्छ, प्रत्यक महिना ब्याज बढाउने हामीलाई स्वीकार्य छैन । हामी भन्छौ राष्ट्रपति को स्वोरुप राजा आउनु पर्छ राजा हुनु भनेको हाम्रो गौरब हो ।”
साथै पाण्डेले पूर्व गृहमन्त्री रबिलाई समर्थन जनाउदै उनि भन्छन्, “रविको बिषयमा निस्पक्ष निर्णय हुनुपर्छ, सबैको नागरिकतासबन्धि मुद्धा खोजि हुनुपर्छ। अरु खुले आम मन्त्रि हुने, रबीलाई भने कारबाहीको घेरामा ल्याउने यसबाट रबिलाई बतनियतपूर्ण तरिकाले फसाउन खोजेको प्रस्ट हुन्छ। त्यस्तै उहाले १२ भाइलाई आरोप लगाउनुहुन्छ भने उहासंग तथ्य सहितको प्रमाण छ, उहा पूर्व पत्रकार नि हो त्यसैले उहालाई यो सिकाइराख्नु पर्छ जस्तो मलाई लाग्दैन, रबिजिले अहिलेसम्म कसैले नखोलेको कुरा खोलिदिनुभयो त हैन, त्यसैले उहालाई support दिनुपर्छ”
