नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति अबको राष्ट्रपति हुने दाबी गरेका छन् ।
आजको संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीले अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा राख्ने क्रममा उनले यस्तो जवाफ दिएका हुन् । अध्यक्ष ओलीले भने , ‘ हामीले जो भन्छौं उही हुन्छ । पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष ओलीकै निवासमा प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका महत्वपूर्ण पदबारे सहमति भएको जनाईएको छ । सो सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने बताईएको छ ।
