पहिलो पटक भारतमा लिथियमको भण्डार फेला परेको छ। यसको क्षमता ५.९ मिलियन टन रहेकाे बताइएकाे छ। लिथियमसँगै ५ वटा सुनको ब्लक पनि भेटिएको छ । यो रियासी, जम्मू र कश्मीरमा भारतीय भूगर्भ सर्वेक्षणद्वारा पहिचान गरिएको पहिलो लिथियम साइट हो।
लिथियम एक अलौह धातु (नन–फेरस धातु) हो । जुन मोबाइल, ल्यापटप, विद्युतीय सवारी र अन्य चार्ज गर्न मिल्ने ब्याट्रीहरू बनाउन प्रयोग गरिन्छ। यो एक दुर्लभ पृथ्वी तत्व हो। भारत अहिले लिथियमको लागि अन्य देशहरूमा पूर्ण रूपमा निर्भर छ।
२०२० देखि, भारत लिथियम आयातको सन्दर्भमा विश्वमा चौथो स्थानमा रहेको छ। भारतले आफ्नो लिथियम आयन ब्याट्रीको करिब ८० प्रतिशत चीनबाट उत्पादन गर्छ। भारतले यस क्षेत्रमा आत्मनिर्भर बन्न अर्जेन्टिना, चिली, अष्ट्रेलिया र बोलिभिया जस्ता लिथियम धनी देशहरूको शेयर खरिद गर्ने काम गरिरहेको छ।
