नेशनल लाइफको नाफा ५७.७३ प्रतिशतले वृद्धि

२७ माघ २०७९, शुक्रबार १३:२०

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीको नाफा ५७.७३ प्रतिशतले बढेर २२ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै कम्पनीको खुद बीमा शुल्क पनि १०.८४ प्रतिशतले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ४५ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमशिन ७३ करोड ९३ लाख रुपैयाँ गरेको छ ।

यस्तै, कम्पनीको पुनर्बीमा कमिसशन आय २ करोड २६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।