शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएदेखि नै उच्च व्यापार गरिरहेको छ । फिल्मले विश्वभर ८५० करोड भन्दा बढीको व्यापार गरिसकेको छ ।
यो फिल्मले भारतमा मात्र मँगलबारसम्म ४३८ करोडको व्यापार गरिसकेको छ । यो फिल्मले भारतमा यो साताको अन्त्यसम्म ४५० करोड भन्दा बढीको व्यापार गर्ने अनुमान गरिएको छ ।
फिल्मको दोश्रो साताको तुलनामा तेश्रो सातामा व्यापारमा केही कमी आएपछि निर्माणपक्षले टिकटकको मुल्य घटाएका छ । फिल्मको टिकटमा मूल्य घटाएसँगै फेरी व्यापार बढेको छ । टिकट दर घटाएपछि पठानको शुक्रबार ९९ हजार १२० थान टिकट भारतमा विक्री भयो भने आईतबार यसको बिक्री एक लाख भन्दा बढी थान भएको छ । यो फिल्ममा भारतमा सोमबार ९२ हजार ९२२ टिकट बिक्री गरेको वितरण पक्षले जनाएको छ ।
अहिलेसम्म शाहरुख खानको फिल्मले विश्वभर ८५० करोडको भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । यो फिल्मले विश्वभर ९०० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । शाहरुख खान लामो समयपछि यो फिल्ममा फर्किएका छन् । फ्यानहरूले उनलाई धेरै माया दिएका छन् ।
