स्रोत नखुलेको रुपैयाँसहित एक जनालाई पक्राउ

२७ माघ २०७९, शुक्रबार ०६:३२

सोमबारे स्रोत नखुलेको नेपाली रुपैयाँ ९ लाख २० हजारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१९ बस्ने ४१ वर्षीय रंजितकुमार साहलाई हिजो प्रहरीले पक्राउ गरेको हो । सीआरभी घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीमाथिको थप अनुसन्धान भइरहेको छ ।