नेप्सेद्वारा तिन कम्पनीको शेयर मूल्य समायोजन

२६ माघ २०७९, बिहीबार १८:०९

एक विकास बैंक र दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरिएको हो ।

यसैक्रममा ज्योति विकास बैंकले शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु ३०६.८० कायम गरिएको छ । यसअघि रु ३१६ थियो ।

त्यसैगरी सगरमाथा इन्स्योरेन्सले १२.४० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु ७११.५७ कायम गरिएको छ । यसअघि रु ७९९.८० थियो ।