कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से १२ अंकले बढेको छ। नेप्से १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा पुग्दा ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स १.४२ अंकले बढेर ४१५.४२ विन्दुमा पुगेको छ । कारोबार सुरु हुँदा २१८१ मा रहेको बजार एक समय २१५३ सम्म झरेको थियो तर अन्त्यमा बढेर २१८२ विन्दुमा पुग्यो।
बजार उतारचढाव आएसँगै बिहीबार २ अर्बको कारोबार भएको छ। २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर किनबेच हुँदा २ खर्ब ६ करोड २० लाखको कारोबार भएको छ।
यसदिन बाराही हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले बढेको छ । कारोबार रकमको हिसाबले पहिलो स्थनमा अपी हाइड्रोपावर र दोस्रो स्थानमा नबिल बैंक लिमिटेड रहेका छन् ।
अपी हाइड्रोपावरले ५ करोड ८६ लाखको कारोबार गर्दा नबिल बैंकले ५ करोड ७३ लाखको कारोबार गर्न सफल रहेका छन्।
