बुधबार नेप्सेमा सामान्य अंककाे गिरावट

२५ माघ २०७९, बुधबार १५:३३

मंगलबार ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६९ करोडको भएकाे छ । सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बढेको छ।  कारोबार रकम बढे पनि परिसूचक नेप्से भने सामान्य अंक घटेर ७.१३ अंक घटेर नेप्से २१७० अंकमा कायम भएको छ ।

बैंकिङ ०.७९, विकास बैंक २२, फाइनान्स ३६, होटल तथा पर्यटन ४९, जलविद्युत् २७, जीवन बीमा ५८, उत्पादन ४१, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २८ र ब्यापार उपसमूह ११ अंक घटेका छन् । कुल ६७ कम्पनीको मूल्य बढ्दा १४२ को घटेकाे छ, त्यस्तै  ७ को भने स्थिर रहृएकाे छ ।

तेह्रथुम पावर र धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढेकाे छ । आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत, पोखरा फाइनान्सको ४.९ र ग्रीन भेन्चरको मूल्य ३.८ प्रतिशतले  घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, अपी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन्।