एलिजाले ऋषिलाई ‘राेज डे’काे शुभकामना दिँदै यस्ताे लेखिन

२४ माघ २०७९, मंगलवार १८:५०

सञ्चारकर्मी ऋषि धमला अहिले निकै चर्चामा छन् । पूर्वगृहमन्त्री रवि लामिछानेले आफूलाई सपाेर्ट नगरेकाे भन्दै विभिन्न मिडिया हाउस सञ्चालकप्रति राेष व्यक्त गरेका थिए ।

त्यसमा रबिले ऋषि धमलाकाे नाम लिएका थिए। उनै धमलाबाट आफू पीडित भएकाे भन्दै शर्मिला वाइवा नामकी एक महिलाले केही सञ्चारमाध्यममा अन्तर्वार्ता दिएपछि धमलाबारे विभिन्न टीकाटिप्पणी भइरहेकाे छ । रविकाे समर्थन गर्दै ती महिलाले ऋषिलाई फसाइदिने धम्की दिएकी छन् ।

यही बीचमा ऋषिपत्नी अभिनेत्री एलिजा गाैतमले ऋषिलाई ‘राेज डे’काे शुभकामना दिँदै यस्ताे लेखेकी छन्  ‘जिन्दगीमा कहिले आँधी आउँछ, कहिले हुरी आउँछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म हजुरलाई पाउँ भगवानसँग प्रार्थना गर्छु ।’  🙏 ❤️ I Love You ❤️ happy rose 🌹 day🙏❤️🌹🌹🌹 mero buda