‘गोर्खाली सम्मान’ द्धारा हास्यकलाकार महादेव त्रिपाठी अमेरिकामा सम्मानित

२४ माघ २०७९, मंगलवार १२:४२

हास्यकलाकार महादेव त्रिपाठी अमेरिकामा ‘गोर्खाली सम्मान’ द्धारा सम्मानित भएका छन् ।

उनलाई अमेरिकाको न्यु जर्सी राज्यका क्राउन्सिल प्रेसिडेन्ट जोयर वाटरम्यानले ‘गोर्खाली सम्मान’ सम्मान गरेका हुन् । अमेरिकाको न्यु जुर्सीमा आयोजित एक समारोहकाबीच उनलाई उक्त सम्मान डा. बिष्णुमाया परियारले प्रदान गरेकी थिइन् । नेपाली नागरिक परियार वाटरम्यानकी सल्लाहकार हुन् । शारिरक अवस्थतताको कारण वानरम्यानले आफ्नो प्रतिनिधित्वको रुपमा परियारलाई पठाएका थिए ।

अमेरिकाको एक सहरका मेयरबाट पुस्किृत हुन पाउदा आफुलाई गर्भ लागेको त्रिपाठी बताए । आफुले पाएको सम्मान आफ्नो मात्र नभएर पुरै नेपालीको सम्मान भएको पनि उनले सुनाए ।