सुपर माई हाइड्रोपावरको आइपीओमा ३२ करोड रुपैयाँ भन्दा बढीकाे आवेदन

२३ माघ २०७९, सोमबार १८:५३

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमा नै ३२ करोड ५८ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्किलयरिङ लिमिटेडका अनुसार सोमार साँझ ५ बजेसम्ममा २ लाख ८७ हजार ८५९ जना सर्वसाधारण आवेदकले ३२ लाख ५८ हजार ४६० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्कासन भएको ४ लाख १५ हजार कित्ताभन्दा ७.८५ गुणा बढी हो । सुपर माई हाइड्रोपावरले आज माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्र एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषतमा सुरक्षित रहेको संकेत गर्छ ।