सोमबार आज सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला ५ सय रूपैयाँले उकालो लागेको हो।
अघिल्लो दिन १ लाख ४ हजार १ सय तोकिएको सुनको मूल्य आज १ लाख ४ हजार ६ रूपैयाँ कायम भएको छ। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी १ हजार ३ सय २० तोकिएको महासंघले जनाएको छ।
