नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह दुबईमा

२३ माघ २०७९, सोमबार १२:०६

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह आज दोहा हुँदै युएईको दुबई प्रस्थान गर्ने भएका छन् । उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको महासभामा सहभागी हुन त्यसतर्फ जान लागेका बताइएको छ ।

महानिरीक्षक सिंह श्रीमती कुसुमलता शाहीसँगै कतार एअरको उडान नम्बर क्युआर ६५३ बाट आज बिहान पौने ११ बजे दोहा गएका हुन् । महानिरीक्षकको टोलीमा प्रहरी उपरीक्षक अनुपमसिंह राणा पनि साथमा छन्।