रास्वपाको तर्फबाट ३ मन्त्रिको राजीनामा

२२ माघ २०७९, आईतवार २१:३३
बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका छन्।
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र स‌सदीय दलको स‌‌युक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।