आगामी निर्वाचनबाट प्रधानमन्त्री हुने गरी आउँछुः रवि लामिछाने

२२ माघ २०७९, आईतवार १७:२५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री नभई प्रधानमन्त्री हुने गरी आउने बताएका छन्।

आइतबार रास्वपाको बैठकपछि पत्रकार सम्मेलनका क्रममा सभापति लामिछानेले अब आफूहरु आगामी निर्वाचनपछि प्रधानमन्त्री हुने गरी काम गर्ने बताएका हुन्।

उनले भने,’उपप्रधानमन्त्री र गृहमन्त्री बन्न होइन, आगामी निर्वाचनबाट प्रधानमन्त्री हुने गरी काम गर्छौँ।’

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।