आइतबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको जनाएकाे छ।
शुक्रबार पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। भने गत साता मूल्य बढ्दै प्रतितोला एक लाख ७ हजार रुपैयाँसम्म पुगेको थियाे ।
त्यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ कायम छ।
