चालकलाई छेउमा राखेर गाडी चलाइरहेका बेला घनश्याम भुसाल बेहोस भएका छन्। उनि चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएका हुन्।
गाडी भित्तामा ठोक्किँदा चालक सामान्य घाइते भएका छन्। भुसाललाई तत्कालै सिभिल अस्पतालमा लगिएको थियो । गाडीभित्रै होस खुलिसके पनि सीटी स्क्यान गरेर रोग पत्ता लगाउने प्रयास भइरहेको छ ।
