रविलाई न्याय माग गर्दै एक युवाद्वारा आत्मदाहकाे प्रयास

१९ माघ २०७९, बिहीबार १७:१८

रवि लामिछानेलाई न्याय दिन माग गर्दै जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन्।

रविलाई न्याय चाहियो भन्दै ४० वर्षीय गोकर्ण कार्कीले आफैलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरतरहेका छन्। उनलाई प्रहरीले उद्धार गरेको छ।