आज बिहीवार फेरि शेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज २२.१२ अङ्कले घटेर दुई हजार ९४.५४ विन्दुमा झरेको छ ।
सबै समूहको शेयरमा गिरावट देखएिको आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
त्यस्तै आज सपोर्ट माइक्रोफाइनान्स, सिद्धार्थ इन्सुरेन्स र रिडी पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भए पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
