मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुशन नेपाल भ्रमण आउदै

१९ माघ २०७९, बिहीबार १४:४२

बहुप्रतिक्षित मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइल नेपाल भ्रमण आउदै छन् । तीन दिने औपचारिक भ्रमणका लागि उनी आज साँझ ७ बजे नेपाल आउँदै छन् ।

नेपालमा रहँदा मन्त्री नासुशन इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाको ‘वैदेशिक कामदार रोजगारी राहत योजना’ बारे छलफल गर्ने अपेक्षा गरिएको छ । मलेसिया नेपाली कामदारका लागि सबैभन्दा ठूलो गन्तव्य भएकोले यो भ्रमण निकै महत्वपूर्ण मानिएकाे छ ।

मलेसियाका मन्त्री नेपालको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।