मेरो मौनता आजसम्मका लागि मात्रै होः रबि लामिछाने

१९ माघ २०७९, बिहीबार १४:२५
रास्वपालाई पूर्वाधार मन्त्रालय लिन प्रस्ताव, अब के गर्छ रास्वपा ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र भएको बताउदै स्टाटस लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले सांसद पदसँगै उपप्रधान एवं गृह मन्त्रालय गुमाएका लामिछानेले पुनः गृह मन्त्रालय जान राजनीतिक सक्रियता बढाएको भएतापनि फैसलाको पूर्णपाठ र राहदानीको विषय टुंगो नलाग्दासम्म स्वार्थ बाझिने मन्त्रालय दिन नहुने अडानमा प्रधानमन्त्री छन् ।

यही विषयलाई लिएर सत्तागठबन्धनमा चिसो बढिरहँदा लामिछानेको यस्तो प्रतिक्रिया आएको हो ।