नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट घट्दै गएको भन्दै प्रगति विवरण देखाउने गरेको छ । तर, प्रतिशतमा चुहावट घटेको देखिएकाे भए पनि मूल्यमा भने चुहावट रकम बढ्दै गएको देखिएकाे छ। महालेखापरीक्षकको कार्यालयको विवरणमा यस्ताे देखिएकाे हाे।
आर्थिक बर्ष २०७१/७२ मा नौ अर्ब ९५ करोड ९२४ दशमलदव ३५ प्रतिशतको विद्युत चुहावट रहेकोमा आर्थिक बर्ष २०७७/७८ मा त्यो बढेर १५ अर्ब दुई करोड रुपियाँ पुगेको देखिएकाे छ। विद्युत खपत बढेकाले चुहावटको प्रतिशत घट्दै गएको देखिए पनि रकममा भने प्राधिकरण चुहावट घटाउन असफल भएको देखिन्छ। विद्युत चुहावट चालु आर्थिक बर्षसम्म आइपुग्दा अझै धेरै रकम पुगेको हुनसक्ने देखिन्छ ।
आर्थिक बर्ष २०७१/७२ मा एक हजार २१९ गिगावाट प्रतिघण्टा विद्युत चुहावट रहेकोमा आर्थिक बर्ष २०७७/७८ मा त्यो बढेर एक हजार ५३३ गिगावाट प्रतिघण्टा पुगेको उल्लेख छ।
