भारतबाट बढेर आयो इन्धनको मूल्य

१८ माघ २०७९, बुधबार १४:३५

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल ८ रुपैयाँ एक पैसा र डिजल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।

त्यस्तै मट्टितेल ४ रूपैयाँ ६१ पैसा र हवाइ इन्धन ७ रूपैयाँ ८० पैसा बढेर पठाएको छ ।

यसपटक मूल्य बढेर आएको हुँदा निगमले इन्धनको मूल्य बढाउने सम्भावना धेरै देखिएको छ । नेपाल आयल निगमले अहिले पनि घाटा व्योहोर्दै आएको बताउँदै आएको छ ।