महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई किलो बढि यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट २ किलो १३८ ग्राम यार्सागुम्बा बरामद भएको अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन्।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यार्सागुम्बाको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका ५ स्थायी घर भएका ४० वर्षीय गोविन्द गिरी हुन्।टमटालाई नरेफाँटबाट र गिरीलाई नरदेवीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
