नेपाल इन्भेष्टमेण्ट बैंकको ४ प्रतिशत बोनश शेयर सूचिकृत

१७ माघ २०७९, मंगलवार १९:४८

काठमाडौँ र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

अब उक्त बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।