आन्तरिक खर्च कटौतीको नीतिबाट राज्यको २४ अर्ब ५० करोड रुपैयाँ बचत हुने

१७ माघ २०७९, मंगलवार १९:३८

अर्थ मन्त्रालयले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले मंगलबार १४ बुँदे निर्देशिका जारी गर्दै सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती गर्ने निर्णय गरेको हो । जसअनुसार मन्त्रालयको निर्णयले चालु आर्थिक वर्षमा राज्यको २४ अर्ब ५० करोड रुपैयाँ बचत हुने विज्ञप्तिमा उल्लेख गरेको छ । जस अन्तर्गत यो वर्ष नयाँ सवारी साधन नकिन्ने, सरकारको स्रोतबाट सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला स्थगित गर्ने निर्णय भएको उल्लेख छ ।

12