सन् २०२३ मा बेलायतको अर्थतन्त्र खुम्चने आईएमफएको प्रतिवेदन

१७ माघ २०७९, मंगलवार १६:४९

अन्तर्राष्ट्रिय मनिटरी फण्ड (आईएमएफ)ले सन् २०२३ मा विश्वको प्रमुख अर्थतन्त्रकारुपमा रहेको बेलायतको अर्थतन्त्र खुम्चने बताएको छ ।

बीबीसीका अनुसार आईएमफएले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा बेलायत मात्रै अर्थतन्त्र संकुचनमा पर्ने भएको छ । यस्तै, छिमेकी मुलुकमाथि सैन्य हमला सुरु गरेको रुसको अर्थतन्त्र समेत संकुचनमा जाने देखिएको  छ ।

सन् २०२३ मा सुधार भएपनि आगामी दिनमा बेलायतको अर्थतन्त्रले सुधारको बाटो लिने आईएमएफको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘उन्नत र सबल अर्थतन्त्रमध्ये बेलायतको अर्थतन्त्र मात्रै यो वर्ष संकुचनमा जानेछ ।’ आईएमएफको आँकलन मिलेमा आगामी वर्षमा बेलायतको अर्थतन्त्रमा बेरोजगारहरूको संख्या बढ्नेछ ।