पदाधिकारी बैठकपछि निस्कने क्रमममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहियोस् भन्नेमा आफू भएको बताएका छन् । सञ्चारकर्मीसँग प्रचण्डले आफुहरू सल्लाहमै भएको र गृह मन्त्रालय नपाए पनि सरकारबाट रास्वपा नबाहिरयोस् भन्नेमा आफूहरू रहेको उनको भनाइ छ । ‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म रास्वपा सरकारमा इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ,’ प्रचण्डले बैठकपछि भने, ‘गृह मन्त्रालय रास्वपालाई दिनुअघि अदालतको पूर्णपाठ कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्दै गृह मन्त्रालय आफूहरूलाई दिन माग गरेका थिए । गृह नदिए सरकारबाटै फिर्ता हुने चेतानवी उनले दिएका थिए । तर माओवादीभित्र गृह आफ्नै दलले राख्नुपर्ने दबाब बढेको छ ।
नागरिकता र पासपोर्टमा विवादित बनेका गैरसांसद रविलाई कुनै हालतमा गृह मन्त्रालय दिन नहुने दबाब माओवादीभित्रै छ । तर एमाले अध्यक्ष केपी ओलीले रविलाई गृहमन्त्री बनाउन दबाब दिएका छन् । पार्टी पदाधिकारीको बैठकमा पनि प्रचण्डले रविलाई गृहमन्त्री बनाउन दबाब आएको बताएका थिए ।
