गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन: प्रधानमन्त्री

१७ माघ २०७९, मंगलवार १५:०१

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय गर्न नसकिने बताएका छन् । मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ब्रिफिङ गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि जानकारी दिएका हुन् ।

‘गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ’, महराको भनाइ छ । उनले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको महराले बताएका छन्।

‘राष्ट्रपतिका सवालमा सकेसम्म एमालेसहितको राष्ट्रिय सहमति हुनुपर्छ भन्ने धारणा आएको छ’, महराले भने, ‘राष्ट्रपति को हुन्छ भन्नेमा अझै समय बाँकी रहेकाले छलफल गर्दै जाने बताए ।