सोमबार आयोजित छलफलमा धेरै होटल र मदिरा व्यवसाय दर्ता नभएको पाइएको कुरा बताउदै होटल तथा मदिरा व्यवसायीहरूलाई करको दायरामा आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ ।
करको दायरा बढाउने अभियानमा महानगर रहेको भन्दै उनले धेरै होटल, रेस्टुरेन्ट र मदिरा पसलहरू महानगरमा दर्ता नगरी संचालनमा रहेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताउँदै भने, “सबैलाई करको दायरामा ल्याउन महानगरले घरदैलो अभियान संचालन गरिरहेको छ । यसमा सबैले सहयोग गर्न जरुरी छ ।”
