नेप्सेद्वारा गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

१६ माघ २०७९, सोमबार १८:२२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ ।

नेप्सेले गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

यी तीनवटै जीवन बीमा कम्पनीहरुले मर्जरका लागि गत बैशाख २९ गते प्रारम्भिक सम्झौता गरेका थिए । एक आपसमा गाभ्ने रगाभिने तथा मर्जरमा जाने सम्बन्धि सम्झौता भएसँगै नेप्सेले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

कम्पनीको पत्राअनुसार नेप्सेले आजदेखि नै कारोबार फुकुवा गरिदिएको जनाएको हो ।