कर्पोरेशन नेपाल लिमिटेडले २४३६८००० कित्ता हकप्रद शेयर निष्काशन गर्ने

१६ माघ २०७९, सोमबार १७:१३

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले २ करोड ४३ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंक्ङि नियुक्त गरेको जनाइएको छ।

आइतबार पुतलीसडक, काठमाण्डौमा आयोजित समारोहमा बैंकका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।