धितोपत्र बोर्डका अध्यक्षलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

१६ माघ २०७९, सोमबार १७:०२

प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोप लागेपछि धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

आज मन्त्रालयमा बोलाएर अर्थसचिव तोयम रायले हमाललाई स्पष्टीकरण सोधेका हुन् । अब हमालमाथि लागेको आरोप छानबिन गर्न समिति गठन गरिने स्रोतले जानकारी दिएको छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री प्रकरणमा बर्खास्त भएपछि गत वर्ष मात्र २ वर्षे कार्यकालका लागि नियुक्त भएका हमाल एक वर्षमा नै विवादमा आएका हुन् ।