रिद्धिसिद्धि सिमेन्टद्वारा मकवानपुरको झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर

१५ माघ २०७९, आईतवार १९:२८

रिद्धिसिद्धि सिमेन्ट उद्योगले मकवानपुरको भीमफेदी गाउँपालिका-३ स्थित झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

भीमफेदी गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको कम्पनीले जनाएको छ । शिविरमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ३ नम्बर वडाका वडाध्यक्ष प्रीतिलाल लामा लगायतको उपस्थिति रहेको थियो ।