माछापुच्छ्रे बैंकद्वारा निम्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

१५ माघ २०७९, आईतवार १८:२०

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्ला स्थित सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो ।

यसैगरि बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको जनाएको छ ।