मधेश प्रदेशकै ठूलो धनराशीको राजर्षि जनक कप फुटबल माघ २५ गतेबाट हुने

१५ माघ २०७९, आईतवार १८:०८

मधेश प्रदेशकै ठूलो धनराशीको राजर्षि जनक कप फुटबल माघ २५ गतेबाट हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ टोलीको सहभागिता रहनेछ ।

जसमा युनाइटेड किङ्गडम फुटबल क्लब क्लब दार्जलिङ, संकटा क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, सुदूरपश्चिम–११ धनगढी, मच्छिन्द्र फुटबल क्लब, धरान यूवा क्लव, जन जागृति युवा क्लब र साविक विजेता पिप्ले यूथ क्लब हेटौंडा रहेको क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिएक छन् ।

कूल ९८ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेटा टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउने आयोजकले जानकारी दिएको छ । धिागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलको एक खेलाडीलाई बागमती राईजीङ अफ दि ईयर खेलाडी सहित एक थान मोटरसाइल पुरस्कार प्रदान गरिने बताईएको छ ।