सन्दीप लामिछानेलाई पुनः थुनामा राख्ने

१५ माघ २०७९, आईतवार १७:११

सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर मुद्दा अघि बढाइनुपर्ने माग गरिएको छ ।

उमेर नपुगेकी बालिकालाई जबरस्ती करणी गरेको आरोपमा जेल परेर २० लाख धरौटीमा छुटेका लामिछानेलाई पुनः थुनामा राखेर मुद्दा अघि बढाइनुपर्ने माग गरिएको हो ।

लामिछानेलाई गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर सो आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले गत साता लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको बताइएको छ ।