रवि लामिछानले बने नेपाली नागरिक

१५ माघ २०७९, आईतवार १४:३६

रवि लामिछानले नेपाली नागरिक बनेका छन् । शुक्रबारको सर्वोच्च अदालतको फैसलापछि रविले उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापतिको पद गुमाउदै अनारिक बनेका थिए ।

अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् ।

सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।